
दाङ । बस दुर्घटनामा परी २९ जना घाइते भएका छन् । गएराति दाङको लमहीमा बस दुर्घटनामा परी २९ जना घाइते भएका हुन् ।
सुर्खेतबाट काठमाडौं जाँदै गरेको बस गएराति लमही नगरपालिका ३ नारायणपुरमा दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते मध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ । उनीहरुलाई थप उपचारका लागि बाँकेको कोहलपुर पठाइएको छ भने अन्य घाइतेहरुको लमही अस्पतालमै उपचार भइरहेको जनाइएको छ ।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बसको पट्टा भाँचिएपछि अनियन्त्रित भइ बस पल्टिएको चालकको भनाइ छ ।









