काठमाडौं । सोमबार सुनको मूल्य बृद्धि भएको छ । आइतबार प्रतितोला ६२ हजार तीन सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य सोमबार दुई सय रुपियाँले बढेर ६२ हजार पाँच सय रुपियाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी १० ग्राम छापावाला सुनको मूल्य ५३ हजार पाँच सय ८५ रुपियाँ कायम गरेको छ । सोमबार चाँदीको मूल्य भने स्थिर रहेर सात सय ८० रुपियाँमा कारोबार भइरहेको छ । महासंघले प्रति १० ग्राम चाँदीको मूल्य भने ६ सय ६९ रुपियाँ कायम गरेको छ ।