‘कांग्रेस र माओवादी मिलेर गणतन्त्र र संविधान संभव भएजस्तै अब विकास र समृद्धि पनि हुन्छ’


गोरखा । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेस र माओवादी मिलेर गणतन्त्र र संविधान सम्भव भएजस्तै अब विकास र समृद्धि पनि संभव रहेको बताएका छन् ।

आफ्नो निर्वाचन क्षेत्र गोरखा क्षेत्र नं २ को पालुङटार नगरपालिकामा आज बिहान आयोजित चुनावी कार्यक्रमलाई संवोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले देशमा गणतन्त्र र संविधान काँग्रेस र माओवादी मिलेर ल्याएकाले अब विकास र समृद्धी पनि संभव रहेको बताएका हुन् ।

उनले आगामी मंसिर ४ मा हुने चुनावमा काँग्रेसले हँसिया हथौडा र माओवादीले रुखमा भोट गर्न हिच्किचाउनु नपर्ने पनि बताए ।
राजनीतिक परिर्बतन भएपनि जनताले अनुभूत गर्नेगरी देशमा आर्थिक समृद्धी नआएकाले काँग्रेस, माओवादी, एकिकृत समाजवादी लगायतका दलहरु मिलेर वाम लोकतान्त्रिक शक्तिहरु मिले मात्रै त्यो संभव रहेको उनको भनाई छ ।

कार्यक्रममा बोल्दै प्रचण्डले लामो समयदेखि बन्द रहेको पालुङटार एअरपोर्ट भिन्न रूपमा सञ्चालन गर्ने आफ्नो योजना रहेकोसमेत बताए ।
पालुङटारको चुनावी कार्यक्रम सकेर प्रचण्ड चितवनमा आयोजित गठबन्धनको वृहत चुनावी सभालाई संवोधन गर्न त्यहाँ पुगेका छन् ।

चितवनको सभामा प्रचण्डसंगै प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि संवोधान गर्ने कार्यक्रम छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार