कक्षा ११ को परीक्षा नलिन विद्यालयलाई परीक्षा बोर्डको निर्देशन


काठमाडौं । कोरोना महामारीका कारण रोकिएको कक्षा ११ को परीक्षा नलिन विद्यालयलाई राष्ट्रिय परीक्षा बोर्डले निर्देशन दिएको छ । बोर्डले शुक्रबार एक सूचना जारी गर्दै सरकारबाट निर्णय नभएसम्म परीक्षा नलिन विद्यालयलाई निर्देशन दिएको हो ।

केही विद्यालयले कक्षा ११ को परीक्षा गर्ने गरी कार्यक्रम सार्वजनिक गरेको भन्दै सरकारले तत्काल परीक्षा नगर्न सबै विद्यालयलाई अनुरोध गरेको छ । कोरोनाकाे जोखिम कायमै रहेकाले सरकारले यो विषयमा पछि निर्णय गर्ने बताइएको छ ।

बोर्डको सूचनामा नेपाल सरकारबाट विद्यालय पुनः सञ्चालनको निर्णय नभएसम्मका लागि परीक्षा सञ्चालनसम्बन्धी कार्यहरू नगर्नू र नगराउनू हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ भनेर उल्लेख गरिएको छ ।

परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्याविधि, २०७७ अनुसार कक्षा १२ को परीक्षा सञ्चालन गर्नुपूर्व र परीक्षा आवेदन फाराम भर्नु अगाडि विद्यालयले आफ्नो अनुकुल समयमा कक्षा ११ को परीक्षा सञ्चालन गर्नु पर्नेछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार