डोटी । डोटीमा गोली लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आदर्श गाउँपालिका–५, भाडिसैनका तपेश लुहार रेहका छन् ।
शनिबार राति १० बजेतिर स्थाानीय हरि भुलले मृग सम्झेर गोली चलाएका थिए । उनले चलाएको गोली तपेशलाई लागेको प्रहरीले बताएको छ ।
डोटीमा मृग आउने र खेती, बाली नष्ट गर्ने समस्या धेरै छ । खेती मास्न मृग आएको ठानी हरि भुलले गोली चलाएका थिए । उनको गोली लागेर तपेशको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
प्रहरीले बन्दुकसहित युवकको ज्यान लिने हरि भुललाई नियन्त्रणमा लिएको छ । हरिले आफुले जानिजानी भई भूलबस गोली उनलाई लाग्न पुगेको बताएका छन् ।











