पल शाह उपर अनुसंन्धान सुरु, ७ दिन हिरासतमा राख्‍न अदालतको अनुमति


काठमाडौं । जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

आज दिउँसो जिल्ला अदालत तनहुँमा आत्मसमर्पण गरेका शाहलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले सात दिनको म्याद दिएको हो । यहि फागुन ११ गते शाहविरुद्ध एक गायिकाले बलात्कार गरेको उजुरी दर्ता गरेपछि प्रहरीले उनलाई खोजिरहेको थियो। उनिविरुद्ध तिनै गायिकाले आजै जिल्ला प्रहरी कार्यालय चितवनमा बलात्कारको उजुरी दिएकी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार