काठमाडौं । इजरायलबाट नेपाली नागरिकलाई ल्याउन नेपाल वायुसेवा निगमको जहाज त्यसतर्फ प्रस्थान गरेको छ ।
परराष्ट्रमन्त्रि एनपी साउदको टोली लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज बिहान ४ बजे जहाज त्यसतर्फ प्रस्थान गरेको हो ।
द्वन्दग्रस्त इजरायलमा रहेका नेपालीहरुलाई स्वदेश ल्याउन नेपाल सरकारले जहाज पठाएको हो ।
गत शनिबार प्यालेस्टीनी विद्रोही समूह ‘हमास’ को आक्रमणमा परी १० नेपाली विद्यार्थीको पनि मृत्यु भएको थियो भने केहि विधार्थी घाइते भएका छन्। उक्त घटनापछि सरकारले इजरायलमा रहेका नेपाली विद्यार्थीलाई उनीहरुको माग बमोजिम स्वदेश ल्याउने प्रक्रिया अघि बढाएको थियो ।
इलरायलले आफ्नो आन्तरीक सुरक्षाका कारण नेपाली चाट्रर विमानलाई ढिलागरी हवाइ रुट दिएकाले जहाज पठाउन केहि ढिला हुन गएको सरकारको भनाई छ ।
इजरायलबाट घर फिर्तीका लागि इजरायलस्थित नेपाली दूतावासमा ३५० जनाको आफ्नो विवरण प्राप्त टिपाएका छन् । घर आउन चाहने नेपालीलाई सरकारले जहाजमार्फत फिर्ता लिएर आउनेछ ।
सम्बन्धित भिडियोहरु हेरौं