
काठमाडौं । जसपाका नेता डा.बाबुराम भट्टराईले पल शाह प्रकरणका बारेमा मुख खोलेका छन् । उनले सामाजिकसंजालमा उक्त प्रकरणबारे टिप्पणी गर्दै न्यायिक फैसला सबैले मान्नुपर्ने बताएका हुन। उनले ‘मर्दकी दशवटी’ भन्ने मानसिकता बोकेर पीडकको पक्ष लिनु लज्जास्पद भएको समेत बताएका छन् ।
यस घटनाबारे एउटा अनलाइनमा प्रकाशित समाचारमा ट्वीटरमार्फत टिप्पणी गर्दै भट्टराईले न्यायिक फैसलाको सम्मान गर्न आग्रह गरेका हुन् ।
घटनाको अनुसंन्धान प्रक्रियालाई प्रभावित पार्ने गरी तनहुँ सदरमुकाम दमौलीमा पल शाह समर्थकहरुले दिनहुँ प्रदर्शन, नारावाजी गरिरहेकोतर्फ संकेत गर्दै नेता भट्टराईले ट्विटरमार्फत यस्तो टिप्पणी गरेका हुन् ।
पल शाह प्रकरणमा पक्ष र विपक्षमा विभिन्न ब्यक्तिहरुले सडक र सामाजिक संजालमा आफ्ना धाराणा राखिरहेका छन् ।











