हिरासतमा रहेका पल शाहलाई तनहुँबाट नवलपरासी पुर्‍याइयो


काठमाडौ । नावालिका गायिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँ प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहलाई नवलपरासी पुर्‍याइयो छ । पललाई बयानका लागि आज पूर्वी नवलपरासीको गैँडाकोट पुर्‍याइको हो ।

उनीविरुद्ध तनहुँमै बलात्कारसम्बन्धी जाहेरी दिने १७ वर्षीया ति गायिकाले फागुन १६ गते नवलपरासीको इलाका प्रहरी कार्यालय गैंडाकोटमा उजुरी दिएकी थिइन् । उक्त उजुरी उपर अनुसंन्धान गर्दै पललाई वयानका लागि गैंडाकोट ल्याइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले तनहुँ प्रहरीलाई गत आइतबार पत्र पठाउँदै अनुसन्धानका लागि पल शाहलाई पठाइदिन पत्राचार गरेको थियो । तनहुँ हिरासतमा रहेका पललाई सात दिनको अनुसंन्धानपछि थप १२ दिन हिरासतमा राख्न म्याद थप गरिएको छ ।

यो भिडियो पनि हेर्नुहोस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार