
संखुवासभा । संखुवासभामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् भने ५ जनाको जिवितै उद्धार गरिएको छ । ।
झापाको दमक जाँदै गरेको बा ४ ख ७३५ नम्बरको यात्रुबाहक बस मादी नगरपालिका–६ को पुलुङस्थित सात घुम्तीमा आज बिहान दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
दुर्घटनामा सुवास गोले, युका पोखरेल, तुलसा कडुवाल, बलबहादुर कार्की र अम्बिका कार्कीलाई जीवितै उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सुवेदीले बताएका छन् ।
दुर्घटनामा मृत्यु भएकामध्ये १४ जनाको शव निकालिएको डिएसपी सुवेदीले जानकारी दिए। उनकाअनुसार मृतकहरूको सनाखत हुन बाँकी छ । बसमा करिब २१ जना यात्रु सवार रहेको बताइएको छ । बस सडकबाट करिब ३ सय मिटर तल खसेको प्रहरीको भनाई छ ।
भिडियो हेरौं










