चितवन । भेनेजुयलाको राजनितीक संकटबारे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जारी गरेको बिज्ञप्तिका बिषयमा अहिले अनेक टिका टिप्पणी भइरहेका छन । यस बिषयमा सरकार र पार्टीमा सकेत मतभेद देखिएको छ । तर, प्रचण्डले भने भेनेजुयलाको बिषयमा जारी गरेको विज्ञप्तिबारे आफु अडिग रहेको प्रष्ट पारेका छन ।
पुर्वप्रधानमन्त्री समेत रहेका प्रचण्ड बिहिबार चितवन पुग्दै पत्रकारसंग भने, “भेनेजुयलाका विषयमा आफूले जारी गरेको विज्ञप्तिमा म अडिग छु, एउटा स्वतन्त्र, सार्वभौम सत्ता सम्पन्न राष्ट्रको राजनीतिक घटनाक्रममा बाहिर कतैबाट हस्तक्षेप नहोस् भन्ने उद्देश्यले विज्ञप्ति जारी गरेको हुँ, जसमा म अडिग छु ।”
प्रेस चौतारी नेपाल र प्रेस सेन्टर चितवनले संयुक्तरुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले मङ्गलबार प्रधानमन्त्रीसमेतको सचिवालयको बैठकमा पनि हस्तक्षेपको विरोधमा नै विज्ञप्ति जारी भएकाले अब अरू कुराको अर्थ केही नरहने प्रष्ट पारे ।
पत्रकारसंगको कुराकानी बोल्दै उनले सरकारले जनताको पक्षमा नयाँ नयाँ काम गरिरहेको समेत बताए ।
साथै पार्टी एकताको अन्तीम टुँगो फागुनको पहिलो साताभित्र भइसक्ने जानकारी दिए । पार्टी एकताको प्रसंगमै अध्यक्ष प्रचण्डले फागुन र चैत महीनामा पार्टीले गरेका काम र गतिविधीहरुलाई जनतामाझ लैजाने उदेश्यले गाउँगाउँमा अभियान थालिने बताए ।