
काठमाडौं । गायक प्रकाश सपुतले आफ्नो नयां गीत पिरको भिडियोमा समावेश यौनकर्मीको दृश्य हटाएका छन् । अघिल्लो हप्ता सार्वजनिक भएको उक्त गीतमा जनयुद्धका महिला पूर्वलडाकु यौन ब्यवसायमा रहेको भन्ने दृश्य समावेश गरिएका थियो । सोहि दृश्यलाई लिएर चर्को विवाद भएपछि गायक सपुत उक्त यौनकर्मीको दृश्य हटाउन बाध्य भएका हुन् ।
आज दिउँसो गायक सपुतले उक्त गीतमा भएको यौनकर्मीको दृश्य हटाएर भिडियो पुनह अपलोड गरेका छन् ।
उक्त विवादित दृश्यले जनयुद्धको अपमान र बिषेशगरी महिला पूर्वलडाकुको आत्मसम्मानमा गहिरो चोट पुर्याएको भन्दै माओवादी केन्द्रका विभिन्न नेताहरुले विरोध जनाएका थिए ।
माओवादीका केहि भ्रातृ संगठनहरुले जनयुद्ध र पूर्वलडाकुको घोर अपमान गरेको भन्दै गीत हटाउन चेतावनी समेत दिएका थिए ।
गीतबारे मिडियामा चर्को टिकाटिप्पणी भएपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गीतका बिषयमा धेरै नै उत्तेजित हुन नपर्ने बताएका थिए । प्रचण्डको उक्त अभिब्यक्ती आएपछि गायक सपुतले उक्त दृश्यबाट आत्मसम्मानमा चोट पुगेकोप्रति सामाजिकसंजालमार्फत माफी मागेका थिए ।
भिडियो पनि हेर्नुहोस














