क्रिप्टोकरेन्सी विज्ञापनमा आफ्नो फोटो दुरुपयोग गरेको भन्दै प्रियंका पुगिन सीआईबीमा


काठमाडौं । नेपाल राष्ट्र बैंकले अवैध घोषणा गरेको क्रिप्टोकरेन्सीको विज्ञापनमा आफ्नो फोटो दुरुपयोग गरिएको भन्दै नायिका प्रियंका कार्की प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा पुगेकी छन् ।
क्रिप्टोकरेन्सीको विज्ञापनमा कसैले आफ्नो फोटो दुरुपयोग गरी भिडियो बनाएको स्पष्टीकरण दिँदै नायिका कार्कीले त्यस्तो गर्ने ब्यक्तिलाई खोजबिन गरी कडा कारबाही गर्न माग गरेकी छन् ।

सामाजिकसंजाल फेसबुकको केही पेजबाट सेयर गरिएको क्रिप्टोकरेन्सीको विज्ञापनमा आफ्नो फोटोसहितको भिडियो राखिएको भन्दै आफु आज दिउँसो सीआईबीको कार्यालय पुगेको उनले संचारमाध्यलाई बताएकी छन् ।

नायिका कार्कीले आफै प्रहरीमा गएको भनेपनि सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले उक्त विज्ञापनबारे सोधपुछका लागि बोलाइएको बताएका छन्।

भिडियो पनि हेरौं

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार