पल शाह प्रकरणमा तनहुँ प्रहरीले सरकारी वकिल कार्यालयमा बुझायो प्रतिवेदन


तनहुँ । अभिनेता पल शाह प्रकरणमा तनहुँ प्रहरीले अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको छ । बालिका गायिका बलात्कारको आरोपपछि प्रहरीले पललाई हिरासतमा लिएको आज २२औ दिनमा अनुसन्धान सकेर प्रतिवेदन बुझाएको हो ।

सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । अभिनेता पलले आफुमाथिको आरोप अस्विकार गरेका छन् । सरकारी वकिलको कार्यालयमा पुगेको प्रतिवेदनअनुसार अदालतमा मुद्दा दायर भएपछि थुनछेक बहस सुरु हुनेछ। फाुगन १५ देखि हिरासतमा रहेका पलविरुद्ध जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले पनि अनुसन्धान गरी प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाइसकेको छ ।

भिडियो पनि हेरौं

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार