काठमाडौं । पुर्ब एमाले र माओवादी मिलेर बन्दै गरेको नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र गम्भिर समस्या रहेको तथ्य सार्बजनिक भएको छ । नेकपाका अध्यक्ष प्रचण्डले शुक्रबार एक कार्यक्रममा सहभागी भई यस्तो तथ्य सार्बजनिक गरेका हुन ।
अध्यक्ष प्रचण्डले माओवादी सिध्याइयो भनेर खुसी मनाउनेहरुका लागि अर्को माओवादी जन्मिने र त्यसले सबैतिर विकराल स्थिती पैदा गर्ने चेतावनी समेत दिए ।
शुक्रबार दिउसो स्थानीय तह सञ्चालन ऐन : न्यायिक समिति, कार्यविधि र प्रक्रिया’ नामक पुस्तकको विमोचन गर्दै प्रचण्डले ‘संघियता कार्यान्वयनको प्रक्रिया हेर्दा स्थानीय र प्रादेशिक तहलाई संविधानले जुन मर्मका साथ व्यवस्था गरेको छ, त्यसअनुसार कार्यान्वयन हुन थालेको छ ? भन्दै पश्न गरे ।
पुर्बप्रधानमन्त्री समेत रहेका प्रचण्डले सरकारले ल्याएका ऐन कानूनहरु संविधानको मर्मअनुसार छ की छैनन भन्ने कुरामा पनि गम्भिर प्रश्न उठाएका छन ।
जारी पार्टी एकता प्रकृया र प्रचण्डले भेनेजुयलाको बिषयमा जारी गरेको विज्ञप्तीलाई लिएर नेकपाभित्र विवाद जस्तै भइरहेका टिका टिप्पणीहरु बाहिर आएपछि प्रचण्डले शुक्रबार एकाएक यस्ता गम्भिर कुरा उठाएका छन । जसले नेपाली राजनितीलाई तरँगीत बनाइ दिएको छ ।
अध्यक्ष प्रचण्डले माओवादीलाई सिध्याइहालियो भनेर कसैले खुशी हुँदै दिवा सपना देख्दैछ भने त्यो गम्भिर त्रुटी हुने बताए ।
‘
बर्तमान कम्युनिष्ट सरकार जनताको भावना र संविधानले कोरेको बाटोमा चन्ल नसकिरहेको प्रचण्डको आरोप छ । देशमा बढ्दै गइरहेको अशान्ती, हिंसा र आर्थिक विकास लगायतमा विषयमा सरकार अघि बढ्न नसकिरहेको उनको भनाई थियो ।
पुर्ब माओवादी केन्द्रको बचाउमा कडा रुपले उत्रिएका प्रचण्डले भने, ‘माओवादीलाई सिध्याइहालियो ठान्यो भने त्यो दुर्भाग्यपूर्ण हुनेछ र अर्को माओवादी जन्मिनेछ, फेरि झन ठूलो लडाइँ हुने खतरा हुनसक्छ ।’
पुर्ब माओवादीहरुलाई घेराबन्दी गरि सिध्याउन खोजिएको भन्दै प्रचण्डले भने, शान्ति सम्झौताको मर्म विपरीत पुराना मुद्दाहरुलाई पुलिस कहाँ पठाउने र पक्राउ गरि जेल कोच्ने गम्भिर त्रुटी हुंदैछ, त्यसले फेरि दशलाई युद्धतिर धकेल्छ । ‘