सुन्दरीजलमा टिपरको ठक्करबाट दिदीबहिनीको मृत्यु, स्थिती तनावपुर्ण


काठमाडौँ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका २ सुन्दरीजलस्थित मेलम्ची चोकमा टिपरको ठक्करबाट दिदीबहिनीको मृत्यु भएको छ । आज बिहान बा ४ ख ६९६५ नम्बरको बालुवा बोकेको टिपरले बा ५१ प ८७३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा ८ वर्षीया सृष्टि तामाङ र ४ वर्षीया श्रेया तामाङको मृत्यु भएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ।

बुवा रोहन तामाङसँग मोटरसाइकलमा विद्यालय जाँदै गर्दा टिपरले ठक्कर दिएको प्रहरीको भनाई छ । दुर्घटनामा गम्भीर घाइते भएको रोहनको नेपाल मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीको भनाई छ ।

दुर्घटनापछि टिपर चालक फरार भएका छन् । घटना पश्चात स्थानीय बासिन्दाले दोषीलाई कडा कारबाही र पीडितलाई क्षतिपूर्तिको माग गर्दै प्रदर्शन गरिरहेका छन् । भीड बढ्दै गएपछि प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको छ । घटनास्थलमा स्थिती तनावपुर्ण नै रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार