आफ्नै श्रीमतीलाई नियुक्ति दिएर तलब बुझ्ने अदालतका रजिष्ट्रार भ्रष्ट ठहर, जरिवानासहित कैद सजाय

काठमाडौँ । आफ्नै श्रीमतीलाई कम्प्युटर अपरेटरको नियुक्ति दिई तलब बुझ्ने अदालतका एक रजिष्ट्रार अदालतबाटै भ्रष्टाचारी ठहर भएका छन् । उच्च अदालत दिपायलका तत्कालीन रजिष्ट्रार रणबहादुर कटवाललाई विशेष अदालतले आइतबार भ्रष्टाचारी ठहर गर्दै जरिवाना र कैद सजाय हो ।

उनिविरुद्धको मुद्धामा विशेष अदालतका न्यायाधीशद्वय डा। खुसीप्रसाद थारु र राम बहादुर थापाको इजलासले रकम हिनामिना गरी भ्रष्टाचार गरेको कसुरमा दोषी ठहर गर्दै ४ लाख ९८ हजार ९९५ रुपैयाँ जरिवाना तथा ९ महिना कैद सजाय हुने फैसला गरेको छ ।

कटवालविरुद्ध अख्तियारले २०७९ भदौ १६ गते उच्च अदालत दिपायलका तत्कालीन रजिष्ट्रार कटवालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।

उच्च अदालत दिपायलका तत्कालीन रजिष्ट्रार कटवालले आर्थिक वर्ष २०७८/०७९ मा स्थायी शिक्षिका रहेकी आफ्नै श्रीमतीलाई कम्प्युटर अपरेटरका रूपमा राखेको नियुक्ति तयार पारी तलब निकासा गर्दैआएका थिए। हुँदै नभएको काम भएको भनी खर्च देखाएको, भर्चुअल अनुगमन गरेको जिल्लामा अनुगमनमा गएको भनी बिल तयार पारी रकम बुझेको, विनियोजित बजेटअनुसार गर्नुपर्ने खर्च शीर्षकमा नक्कली बिल तयार पारेको र नक्कली सम्झौता गरेको भन्दै उनिविरुद्ध मुद्दा दायर भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार