ट्राफिक कम्यूनिकेशन एप संचालनमा, अपराध अनुसन्धानमा सहयोग पुग्ने विश्वास

काठमाडौं । आइतबारबाट नागढुङ्गामा ट्राफिक कम्यूनिकेशन एप्लिकेशन  संचालनमा ल्याइएको छ । लामो दूरीमा चल्ने यात्रुवाहक सार्वजनिक सवारी साधन चलाउने चालक परिवर्तन भए नभएको जानकारी दिने उद्देश्यले प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयले एप्स सञ्चालनमा ल्याएको हो ।

एप्लिकेशनको एक कार्यक्रमका बीच प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयका प्रहरी नायब महानिरीक्षक डिआईजी पूर्णचन्द्र जोशीले  उद्घाटन गरेका छन् ।

उद्घान कार्यक्रममा बोल्दै डिआईजी जोशीले चालकको लापरवाहिले गर्दा सबै भन्दा बढी सवारी दुर्घटना भइरहेको बताएका छन् । उनले चालकले यात्रुलाई गन्तव्यमा नपुर्याए सम्म ध्यान दिएर चलाउने हो भने सवारी दुर्घटनामा कमी आउन सक्ने बताए । यसका साथै उनले सडक राम्रो नभएका कारण पनि सवारी दुर्घटना हुने गरेको बताएका छन् ।

जोशीले यसलाई निराकरण गर्न ट्राफिकले लामो दूरीमा सञ्चालित सवारी साधनमा हरेक ६ घन्टामा चालक परिवर्तन भए नभएको जानकारी लिन यो एप्लिकेशन सञ्चालनमा ल्याइएको बताए । उनले प्रत्येक व्यक्ति तथा सवारी चालकले ट्राफिक नियमको पालना गरेमा सवारी दुर्घटना न्यूनिकरण हुने समेत जनाए छन् ।

जोशीले यातायात व्यवस्था ऐन २०४९ मा उल्लेख भएअनुसार लामो दूरीका सवारी साधनमा दुईवटा चालक राख्नुपर्ने कानूनी व्यवस्थालाई सुनिश्चित गर्न उक्त एप्स सञ्चालनमा ल्याएको जानकारी दिएका छन् ।

त्यसै गरी कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तले मुलुकभर हरेक दिन सवारी दुर्घटनाबाट ७ जनाको मृत्यु हुने गरेको तथ्यांक प्रस्तुत गरे । उनले एप्लिकेशनमार्फत सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्ने सवारी र चालकको पनि सूचना राखिने बताएका छन् ।

यो एपले सवारी दुर्घटना न्यूनिकरणमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार