काठमाडौँ । काङ्ग्रेसको बिधार्थी संठगन नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) का केन्द्रीय अध्यक्ष नैनसिंह महरले पदबाट राजिनामा दिएका छन । नेविसंघको चुनावबारे भइरहेको किचलोकाबीच अध्यक्ष महरले राजिनामा दिएका हुन । सोमबार पार्टी सभापती शेर बहादुर देउवालाई अध्यक्ष महरले राजिनामा पत्र बुझाएका छन ।
अध्यक्ष महरको राजिनामा आजै स्वीकृत भएको जनाइएको छ । महर नेतृत्वको कार्यसमितिले नेविसंघको महाधिवेशन निर्धारित समयमा सम्पन्न गराउन नसकेपछि संगठनभित्रबाटै आलोचना भइरहेको थियो ।
२०७३ भदौ २ गते दुईवर्षे कार्यकालका लागि निर्वाचित भएको महर नेतृत्वको कार्यसमितिको म्याद पनि यही माघ २ गते सकिएको थियो ।
महर नेतृत्वको कार्यसमितिको म्याद सकिएको भएपनि समयावधि थप बढाई महाधिवेशन गर्न दिने वा नयाँ तदर्थ समिति बनाउने भन्ने विषयमा पार्टीभित्र छलफल भएको थियो । अध्यक्ष महरको राजिनामा स्वीृकत भएसँगै नेविसङ्घको महाधिवेशन गराउन काङ्ग्रेसले नयाँ तदर्थ समिति बनाउने बारे छलफल भइरहेको जानकारी दिएको छ ।