अछाममा पनि चुनावी तालमेल गरिने गठबन्धन दलहरुको निर्णय, एमालेलाई सकश


अछाम । आसन्न स्थानिय तहको चुनावमा अछाममा पनि चुनावी तालमेल गरिने गठबन्धन दलहरुले निर्णय गरेका छन् ।
चुनावमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले अछामका १० वटै स्थानीय तहका सबै ९१ वटै वडामा गठबन्धन गर्ने निर्णय गरेको हो ।

तीनवटै दलहरुद्धारा जारि संयुक्त विज्ञप्तिअनुसार केन्द्रिय गठबन्धनलाई आत्मसात गर्दै आगामी स्थानीय तह निर्वाचनमा सम्पुर्ण पालिका र वडामा गठबन्धन हुनेछ ।

कांग्रेस जिल्ला सभापति पुष्पबहादुर शाह, माओवादी केन्द्रका जिल्ला संयोजक रबिन्द्र साउँद र एकीकृत समाजवादीका जिल्ला अध्यक्ष हिरण्ड भट्टराईद्धारा हस्ताक्षरीत जारी संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘केन्द्रिय गठबन्धनलाई आत्मसात गर्दै आगामी स्थानीय तह निर्वाचन २०७९ मा जिल्लाको १० वटै स्थानीय तह र ९१ वटै वडाहरुमा गठबन्धन अघि बढाउन हामी ऐक्यवद्ध छौं ।’

तीनै पार्टीका जिल्ला नेताहरुले आ आफ्नो पाटीृका स्थानीय तहका कमिटी र कार्यसमितिहरुलाई गठबन्धनको मर्म र भावना अनुसार अघि बढ्न अनुरोध समेत गरेका छन् ।

एमालेका प्रभावशाली नेता भिम रावलको गृहजिल्ला र चुनाव क्षेत्र समेत रहेको अछाममा सत्ता गठबन्धन दलहरु एक भएर चुनाव लड्ने भएपछि एमालेलाई निकै कसश हुने देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार