“घाँस काट्ने खुर्केर, आयो जोवान हुर्केर, गाउने गायक लामिछानेको निधन

काठमाडौं । लोकपृय लोकगायक बुद्धिकृष्ण लामिछानेको ६६ बर्षको उमेर निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहेका लामिछानेको शुक्रबार दिउसो निधन भएको हो । प्यारालाइसिस, मृगौलालगायतका रोगबाट पीडित गायक लामिछाने पछिलो समय निमोनियाबाट ग्रसित थिए ।
भक्तपुरको चागुनारायण नगपालिकामा परिवार सहित बस्दै आएका लामिछानेको आजै अन्तिम दाहसंस्कार गरिएको छ ।
गाक लामिछानेका “घाँस काट्ने खुर्केर आयो जोवान हुर्केर, पिँढीमा बसेर मेरै बाटो हेरेर” लगायतका गीतहरु चर्चित थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार