गणतन्त्रको विकल्प राजतन्त्र होइन– नेता केसी

पाल्पा । संघियताको चर्को बिरोध गर्दै आएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन ।
संघियताका कारण नेपालमा गणतन्त्र संकटमा परेका बेला केहि तत्वले राजतन्त्र फर्काउनु पर्ने बताएपनि नेपालमा गणतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने केसीले दाबी गरे ।

सोमबार पाल्पाको तानसेन पुगेका नेता केसीले संचारहकर्मीहरुसंग कुरा गर्दै भने, “नेपालमा गणतन्त्रको विकल्प राजतन्त्र र धर्म निरपेक्षको विकल्प हिन्दुराज्य हुनै सक्दैन, यि मुद्धाहरु काम नलाग्ने गरि नेपाली जनताका लागि पुराना भइसके ।”

गणतन्त्रको पक्षमा जोडदार आवाज उठाउने नेता केसीले संघियताको भने चर्को बिरोधी हुन । उनले तानसेन पुगेर पनि संघीयताका बिषयमा बोलेका छन । नेपालमा सङ्घीयताका कारण स्थानिय तहमा भ्रष्टाचार बढेको र देशले धान्नै नसक्नेगरि खर्च बढेको बताए ।

संघीयताले देश बिखण्डन हुने र वाह्य शक्तीले देश कब्जामा पार्ने बताउदै आएका नेता केसीले भने, “सङ्घीय कार्यान्वनमा केन्द्र, प्रदेश र स्थानीय तहबीच राम्रो सम्बन्ध देखिदैन, ठुला पार्टीका नेता कार्यकर्ताहरुको मात्रै रजाई छ, जनताले अझ दुख पाइरहकेका छन । त्यसैले यो संघियता खारेज गरिनुपर्छ ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार