एमसीसीपछि अमेरिकाले दिने ८० अर्ब अनुदान पनि सरकारद्धारा स्विकृत


काठमाडौं। अमेरिकाले दिने करिब ८० अर्बको अनुदान सहायता नेपालले स्वीकार गरेको छ ।अमेरिकाको विकासका लागि सहयोग निकाय ९यूएसएआईडी०ले दिने करिब ८० अर्बको अनुदान सहायता नेपालले स्वीकार गर्ने निर्णय गरेको हो ।

३० चैत २०७८मा बसेको मन्त्रिपरिषद बैठकले अमेरिकी सरकारबाट विभिन्न विकास कार्यक्रमको लागि प्राप्त हुने ७९ अर्ब ७१ करोड वैदेशिक अनुदान स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। यसअघि अमेरिकाले एमसीसीमार्फत नेपाललाई करिब ६० अर्बको अनुदान दिने परियोजना नेपालको संसदबाट अनुमोदन भइसकेको छ ।

त्यस्तै मन्त्रिपरिषद् बैठकले विश्व बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय विकास संस्थामार्फत प्राप्त हुने १८ अर्ब रुपैयाँ बराबरको अन्तर्राष्ट्रिय सहयोग पनि स्वीकार गर्ने निर्णय भएको प्रवक्ता कार्कीले बताए ।

भिडियोहरु पनि हेरौंं

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार