इजरायल आक्रमणपछि त्यहाँस्थित नेपालीबारे गृहमन्त्रीको गम्भीर चासो

काठमाडौँ। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले इजरायल आक्रमणपछि त्यहाँ रहेका नेपालीहरुबारे गम्भिर चासो ब्यक्त गरेका छन् । हिजो बिहानदेखि इजरायलमा प्यालेस्टाइनी लडाकु समूह हमासले आक्रमणजारि राखेको छ । आक्रमणमा परि केहि नेपाल िबिधार्थीहरु घाइते भएको खबर आएपछि गृहमन्त्री श्रेष्ठले गम्भिर चासो ब्यक्त गरेका हुन् ।

उनले त्यसबारे आज इजरायलस्थित नेपाली राजदूत कान्ता रिजाल र नेपालस्थित इजरायली राजदूत ह्यानन गदरलाई सम्पर्क गरी आक्रमणमा परेर घाइते र फसेका नेपालीहरुको उद्धार र उपचारबारे जानकारी लिएका छन् ।

गृहमन्त्रीसंगको कुराकानीमा नेपाली राजदूत रिजालले आक्रमण परि घाइते र युद्ध क्षेत्रमा फसेका नेपालीको विवरण लिने तथा उपचार र उद्धारको पहल गर्ने काम भइरहेको बताए । त्यस्तै इजरायली राजदूत गदरले पनि घाइते नेपालीहरूको उपचार र उद्धारमा इजरायल सरकार गम्भिर रहेको प्रतिवद्धता जनाएका छन् ।

इजरायल र नेपालबीच भएको सम्झैताअनुसार इजरायलमा कृष क्षेत्रको अध्यनका लागि नेपाली बिधार्थीहरु गएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार