पल शाह प्रकरणमा गायिका र बाबुको बयानः ‘दबाब र प्रभावमा परेर जाहेरी दिएका हौं,’ अब के हुन्छ ?


काठमाडौं । अभिनेता पल शाह प्रकरणमा पीडित भनिएको पक्षले वयान फेरेको छ । आज जिल्ला अदालत तनहुँमा बकपत्र गर्नेक्रममा नाबालिका गायिका र उनका बाबुले ‘दबाब र प्रभावमा परेर जाहेरी दिएको’ बताएका छन् । उनिहरुको यो वयानले पलको घटनाले नयां मोड लिएको छ ।

बकपत्र गराउँदा पीडित भनिएकी गायिकाले आफूलाई पलले बलात्कार नगरेको वयान दिएकी थिइन, त्यसपछि वाहेरवाला उनका बुवाले पनि वयानका क्रममा दबाब र प्रभावमा परेर जाहेरी दिएको बताएका छन् ।

पीडित भनिएको पक्षले नै बलात्कार नभएको भनेपछि आरोपीत पललाई केहि राहत हुनसक्ने आशंका गरिएको छ । तर, पलविरुद्ध नवलपुरमा पनि मुद्धा जारि छ ।

पीडितको वयानपछि साक्षीहरूसँग पनि वकपत्र गराइनेछ। तनहुँ जिल्ला अदालतमा वकपत्र सकेर पललाई पूर्वी नवलपरासीमा वयानका लागि लगिनेछ। नवलपरासी अदालतमा अभिनेता शाहको बकपत्र वैशाख ७ गते हुने तय भएको छ ।

पलविरुद्ध फागुन ११ गते गायिकाका बुवाले बलातकारको जाहेरी दर्ता गराएका थिए। त्यसपछि फागुन १५ गते पलले अनुसंन्धानका लागि कानुनको सम्मान गर्दै तनहुँ प्रहरी कार्यालय पुगेर आत्मसमर्पण गरेका थिए । पलले आफु निर्दोष रहेको र आफुविरुद्ध विभिन्न षड्यन्त्र गरिएको बताउँदै आएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार