
बिहीबार बिहान उपचाररत बालिकाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो । अस्पतालको न्यूरो वार्डमा उनको उपचार भइरहेको थियो । कपिलवस्तुबाट उपचारका लागि उनलाई शिक्षण अस्पताल ल्याइएको थियो ।
त्यसैगरी, न्यूरो वार्डमा रहेका अन्य ५ जना बिरामीलाई गणेशमानसिंह भवनमा बनाइएको आइसोलेसन वार्डमा सारिएको अस्पतालका कोभिड-१९ व्यवस्थापन समितिका संयोजक डा.सन्त कुमार दासले जानकारी दिए ।
उनकाअनुसार उनीहरु सबैको थ्रोट स्वाब संकलन गर्ने तयारी भइरहेको छ । कपिवस्तुमा अहिले संक्रमितको संख्या ३९ पुगेको छ । जसमध्ये ४ जना सुरक्षाकर्मी र १ जना स्टाफ नर्स पनि रहेका छन् ।










