प्रचण्डले भनेः ‘देशकै ठुलो पार्टी हुँदा पचाउन नसकेर पखाला चल्यो,अब मजाले पचाउँछौं’


कैलाली । नेकपा माओवादी केन्द्रका प्रचण्डले पहिलो संविधानसभा निर्वाचनमा माओवादी सबैभन्दा ठुलो दल हुँदा पचाउन नसकेको बताएका छन् । कैलालीको मसुरियामा आयोजित कार्यक्रमलाई संवोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले सबैभन्दा ठुलो पद हुँदा आफुहरुले पचाउन नसकेर पखाला चलेको समेत टिप्पणी गरेका छन् ।

‘हामीलाई जनताले २०६४ को संविधानसभा चुनावमा ठुलो दल बनाएर देशको बागडोर सम्हाल्ने जिम्मेवारी दिए अध्यक्ष प्रचण्डले भने, तर बुद्धि नपुगेर यत्तिकै रुमलियौं, माओवादीले त्यो विजयलाई पचाउन नसक्दा धर्तीबाट खुट्टा नै छोड्न थालियो । हावामा उड्न थालियो। ठुलो पार्टी पचाउन नसक्दा माओवादीलाई पखाला लाग्यो ।’

जनताले माओवादीलाई धेरै विश्वास गरेर एक्लैलाई बहुमत दिएको समेत उनले सम्झिए ।

माओवादी ठुलो दल हुँदा बुद्धि पुर्याउन नसक्दा देशले अहिले पनि दुःख पाएको प्रचण्डको भनाई छ। देश बचाउने र सबैलाई अधिकार दिने माओवादी नै भएको जनताले फेरी बुझेकाले आफुहरु ठुलो दल हुने विश्वास ब्यक्त गरे । यस पटक जनताद्धारा ठुलो दल भएर आफ्ना कमि कमजोरीहरु सुधार गर्दै जनता र देशको पक्षमा काम गर्ने प्रतिबद्धता समेत जाहेर गरे ।

उक्त बृहत् ध्रुवीकरण तथा एकता कार्यक्रममा कैलाली र कञ्चनपुर जिल्लाबाट जनता समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपा, एमाले लगायतका पार्टीबाट १७ सय बढी नेता तथा कार्यकर्ता माओवादी प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई अध्यक्ष प्रचण्डलेले पार्टीमा स्वागत गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार