काठमाडौं । अभिनेत्री केकी अधिकारी विवाह बन्धनमा बाँधिएकी छन् । आज साँझ सामाजिक संजालमार्फत बिहेका तस्बिरहरु सार्वजनिक गर्दै केकीले आफु वैवाहिक बन्धनमा बाधिएको सार्वजनिक गरेकी हुन् । उनले रोहित तिवारीसँग काठमाडौंको धापासीमा परिवार र निकट आफन्तको उपस्थितिमा विवाह गरेकी हुन् ।
रोहितसँगको विवाहको तस्बिर सामाजिक संजाल मार्फत सार्वजनिक गर्दै उनले आजबाट जीवनको नयाँ अध्याय सुरु भएको सामाजिकसंजालमा उल्लेख गरेकी छन् ।
‘कलाकारको रुपमा मेरो हरेक उतार चढापको साक्षी बन्नु भएकोमा मेरो प्रिय दर्शकसँग विवाह समाचार बाड्न पाउँदा अत्यन्तै हर्षित छु, जीवनको नयाँ अध्याय सुरु गर्दै गर्दा म र मेरो जीवनसाथीले उपहार स्वरुप आर्शिवादको अपेक्षा गरेका छौं,’ केकीले विवाहका तसिब्रहरु सार्वजनिक गर्दै फेसबुकमा लेखेकी छन् ।
केहिदिन अघिमात्रै अभिनेत्री केकी अधिकारीले आफ्नो विवाह र प्रेमीबारे यस्तो भनेकी थिइन, हेर्नुहोस भिडियो ।