काठमाडौंमा भूकम्पको झट्का, भयो भागाभाग

काठमाडौं । काठमाडौंमा केहिबेर अघि भूकम्पको झट्का महसुश गरिएको छ । शनिबार साँझ ८ बजेर ३५ मिनेट हुनै लाग्दा काठमाडौं आसपासमा भुकम्पको झट्का महसुश गरिएको हो । भुकम्पको झट्का महसुश गरेपछि धेरैजना घरभित्रबाट हत्तरिदैं बाहिर भागेका थिए ।

भूकम्प मापन केन्द्र काठमाडौंका अनुसार काठमाडौको दक्षिणी क्षेत्रलाई केन्द्रबिन्दु गरेर ४ रेक्टर स्केलको भूकम्प गएको हो । अहिले महसुश गरिएको भुकम्पको झट्का गोरखालाई केन्द्रबिन्दु गरेर २०७२ साल बैसाख १२ गते गएको बिनासकारी भूकम्पकै पराकम्प भएको समेत मापन केन्द्रले बताएको छ । त्यसबेला गोर्खाको दक्षिणपूर्व क्षेत्र बार्पाकलाई केन्द्रविन्दु बनाई ७.८ रेक्टर स्केलको भुकम्प गएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार