दशकौँदेखिको विकास र समृद्धिको चाहना अब पूरा हुने-प्रधानमन्त्री ओली

फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले दशकौँदेखिको विकास र समृद्धिको नेपाली चाहना अब पूरा हुने विन्दुमा आइपुगेको बताएका छन ।

६९औँ प्रजातन्त्र दिवसका अवसरमा मंगलबार एक शुभकामना सन्देश जारि गर्दै प्रधानमन्त्री ओलीले मुलुक समृद्धिको बाटोमा अघि बढेको हुनाले दशकौँदेखिको विकास र समृद्धिको नेपालीको चाहना अब पूरा हुने बताए।

वर्तमान सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्यका साथ आर्थिक एवं सामाजिक रुपान्तरणका लागि केन्द्रित भएको जारि शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।

“निरङ्कुशतन्त्र र अधिनायकवादलाई परास्त गर्ने हामी अब गरीबी, बेरोजगारी, पछ्यौटेपन, विभेद र अविकाशका विरुद्ध केन्द्रित भएका छौँ”, प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ, “हामी आर्थिक विकास र सामाजिक न्यायसहितको परिपूर्ण लोकतन्त्रको दिशामा अग्रसर छौँ ।” प्रधानमन्त्री ओलीले प्रजातन्त्र प्राप्तिको उक्त आन्दोलनमा शहादत प्राप्त गर्ने सबैमा श्रद्धाञ्जलि समेत व्यक्त गरेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार