काठमाडाै । सर्वोच्च अदालतका विवादित न्यायाधीश दीपकराज जोशीले राजीनामा दिएका छन् । जोशीले मंगबार प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरामार्फत राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजीनामा पत्र बुझाएका हुन् ।
गत साउनमा संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिश गरेका जोशीलाई संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेको थियो। समितिले उनको शैक्षिक योग्यतामा प्रश्न उठाइएको थियो ।
२०६३ को अन्तरिम संविधान जारी भएपछि व्यवस्था गरिएको संसदीय सुनुवाइ समितिबाट अस्वीकृत हुने जोशी पहिलो न्यायाधीश हुन् ।