अष्ट्रेलियामा अलपत्र नेपाली विद्यार्थीबारे सरकारलाई काँग्रेसको यस्तो आग्रह

काठमाडौँ । अष्ट्रेलियामा अलपत्र परेका करिब एक हजार नेपाली विद्यार्थीको उद्धारका लागि नेपाली काङ्ग्रेसले नेपाल सरकारलाई आग्रह गरेको छ ।
काँग्रेस पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार एक विज्ञप्ति जारि गर्दै अलपत्र नेपाली बिधार्थीबारे अष्ट्रेलिया सरकारको समेत ध्यान आर्कषण गरिएको छ ।

काँग्रेस द्धारा जारि बिज्ञप्तीमा भनिएको छ, “हजारौँ नेपाली विद्यार्थीले अष्ट्रेलियाबाट निरन्तर उच्च शिक्षा हासिल गरिरहेका छन् र त्यसप्रति हामी अनुगृहित पनि छौँ तर स्थानीय एक शैक्षिक प्रतिष्ठानले विधिवत् दर्ता र सम्बन्धनबेगर विद्यार्थी भर्ना लिएर हजारौँको भविष्य अन्योलमा पुर्याएको र नर्सिङ अध्ययन गर्न गएका हाम्रा नेपाली विद्यार्थीसमेतले मार्मिक चोट भोग्नु परेको सार्वजनिक विवरणले अभिभावकसँगै हामीलाई पनि मर्माहत तुल्याएको छ । ”

दर्ता नभएको क्याम्पसमा विद्यार्थी पठाउने परामर्शदाताबारे आवश्यक विवरण सङ्कलन गरी आवश्यक कारवाही प्रक्रिया अघि बढाउन समेत काङ्ग्रेसले विज्ञप्तीमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार