मन्त्री अधिकारीसहित सातै जनाको शव काठमाडौंमा १६ फाल्गुन २०७५, बिहीबार १३:३० काठमाडौं । हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका ७ जनाको शव काठमाडौं ल्याइएको छ । नेपाली सेनाको हेलिकोप्टरबाट विहिबार दिउँसो शव काठमाडौं ल्याइएको हो । अहिले सातै जनाको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।