धादिङको गल्छी गाउँपालिका-३ मा माओवादीका भुजेल विजयी

धादिङ। धादिङको गल्छी गाउँपालिका वडा नं। ३ मा नेकपा माओवादी केन्द्र विजयी भएको । माओवादीका राजन भुजेल वडाध्यक्षमा विजयी भएका हुन्। गठबन्धनका साझा उम्मेदवार भुजेलले ७२५ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका कपिल रेग्मीले ४८८ मत प्राप्त गरे ।

रेग्मी दोस्रो कार्यकालका लागि वडाध्यक्षको प्रत्यासी बनेका थिए भने विजयी भुजेल अघिल्लो चुनावमा रेग्मीसँग पराजित भएका थिए । भुजेलसँगै गठबन्धनका सबै उम्मेदवारहरू फराकिलो मतान्तरसहित विजयी भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार