रुकुमको सानीभेरीमा कांग्रेस–एमाले गठबन्धनलाई भारी अन्तरले पछार्दै माओवादी विजयी


रुकुम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ । नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनलाई पछार्दै माओवादी केन्द्रबाट अध्यक्षमा विर्खबहादुर विष्ट र उपाध्यक्षमा कमला रोका निर्वाचित भएका हुन्।

विष्टले कांग्रेसका उम्मेदवार गोरख प्रसाद चन्दलाई १ हजार ६९९ मत अन्तरले पराजित गरेका छन् । विष्टले ६ हजार १९ मत प्राप्त गरेका छन् भने चन्दले ४ हजार ३२० मत ल्याए ।

त्यस्तै उपाध्यक्ष पदमा माओवादीकी रोकाले एमाले उम्मेदवारलाई २ हजार ५ सय ३८ मतान्तरले हराउँदै विजयी भएकी छन् । रोकाले ५ हजार ९ सय ५८ मत ल्याउँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका प्रकाश खड्काले ३ हजार ४ सय २० मत प्राप्त गरेका छन्।

गाउँपालिकाका कूल ११ वडामध्ये ९ वडामा नेकपा माओवादी केन्द्र विजयी भएको छ भने २ वटा वडामा नेपाली कांग्रेसले जितेको छ ।
कर्णाली प्रदेशका अधिकांस जिल्लाहरुमा माओवादीको सशतm प्रभाव रहेको मानिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार