
हुम्ला । हुम्लाको नाम्खा गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । माओवादीबाट अध्यक्ष उम्मेदवार प्रेमबहादुर लामाले १ हजार ४६६ मत प्राप्त गर्दै विजय हासिल गरेका छन्। उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सूर्यबहादुर लामाले ६६२ मत प्राप्त गरे। पालिका उपाध्यक्षमा नेपाली काँग्रेसका तक्दिर लामा १ हजार ९४ मतसहित विजयी भएका छन्।
६ वटा रहेको गाउँपालिकामा ३ वटामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। वडा -६ का उम्मेदवार भने निर्विरोध निर्वाचित भएका थिए । यो पालिकामा काँग्रेस–माओवादीको गठबन्धन थियो ।









