काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले आफ्नो ५२औं बार्षिक उत्सव मनाएको छ । शनिबार काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरी आफ्नो ५१ औं बार्षिक उत्सव मनाएको हो ।
बार्षिक उत्सवको अबसरमा आयोजना गरिएको कार्यक्रमको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले विमा संस्थानले अहिले सम्म गरेका काम र त्यसबाट भएका उपलब्धिलाई संस्थागत लैजानु पर्ने बताएका छन् ।
पछिल्लो समय नेपालमा बीमा कम्पनीबिच प्रतिस्पर्दा भइरहेको भन्दै उनले प्रभावकारी र ग्रामीण स्तरसम्म पनि बीमा विस्तार गर्दै प्रभावकारीतामा ध्यान दिनुपर्ने बताए ।
त्यसैगरी कार्यक्रममा बीमा समितिका अध्यक्ष चिरञ्जिीवी चापागाईंले सरकारी स्वामित्वको बीमा संस्थानले शहरी क्षेत्रमा मात्रै नभएर दुर्गम क्षेत्रका जनतालाई पनि समेट्नु पर्नेमा जोड् दिएका छन् । उनले संस्थाको संस्थागत विकासका साथै कर्मचारीको क्षमता अभृबृद्धिमा पनि ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा संस्थाको बजेट पनि प्रस्तुत गरिएको थियो । जस्मा अधिकृत पुँजी रु.५० करोड र चुक्तापुँजी रु.१८ करोड १० लाख २० हजार रहेको संस्थानका प्रशासक कवि प्रसाद पाठकले जानकारी दिए ।
उनका अनुसार हाल संस्थानमा व्यक्तिगत जीवन बीमातर्फ दुई लाख ९८ हजार बीमित छन् । यस वर्षमा झण्डै तीन लाख राष्ट्रसेवक कर्मचारीहरुको समेत सावधिक जीवन बीमा थप गरिएको छ । अन्य ठूला बैंक तथा सार्वजनिक संस्थानका कर्मचारीहरुको बीमा समेत संस्थानले गर्दै आएको छ ।
कार्यक्रममा संस्थानका प्रशासक पाठकलले दिएको जानकारीअनुसार चालु आर्थिक वर्ष ०७५\७६ को प्रथम अर्धवार्षिकमा ४ अर्ब ४१ करोड बीमा शुल्क संकलन भएको छ । सोही अवधिमा एक अर्ब ५१ करोड दाबी भुक्तानी गरिएको पाठकले बताए ।
पुस मसान्तसम्ममा १९ अर्ब २१ करोड संस्थानको जीवन बीमा कोषमा रहेको उनले बताए । संस्थानले माथिल्लो तामाकोश जलविद्युत आयोजना, विद्युत उत्पादन कम्पनीमा समेत लगानी गर्दै आएको छ ।
सो अवसरमा संस्थानमा उत्कृष्ट काम गर्ने तीन जना अभिकर्ता मनकुमारी निरौला, हरिशरण शिवाकोटी र बद्रीप्रसाद उप्रेतीलाई सम्मान गरिएको थियो ।
२०२४ साल पौष १ गते नेपाल सरकारको स्वामित्वमा राष्ट्रिय बीमा संस्थान प्रा. लि. स्थापना भई यसले फागुन ११ गते देखि व्यवसायिक कारोबार शुरु गरेको थियो । अहिले सम्म बीमा कम्पनीले महत्वपूर्ण काम गरिरहेको छ ।