कांग्रेस-एमाले-विप्लवको गठबन्धन पछार्दै रोल्पाको परिवर्तन गाउँपालिकामा माओवादी विजयी


रोल्पा । कांग्रेस–एमाले-विप्लव समूहको गठबन्धन तोड्दै रोल्पाको परिवर्तन गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका सुकबहादुर बुढामगर थमनले ३ हजार ३ सय ११ मतका साथ विजथइ भएका हुन् ।
। उनका प्रतिस्पर्धी कांग्रेसका विश्वकुमार चन्दले ३ हजार १ सय २९ मत प्राप्त गरे । चन्द कांग्रेस- एमालेबीचको गठबन्धनका साझा उम्मेदवार थिए ।

पालिका उपाध्यक्षमा माओवादी केन्द्रकै कलादेवी खत्रिनीले ३ हजार ३८७ मत पाएर विजयी भएकी छन् । उनकी प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी एमालेकी सपना रोका घर्तीमगरले २ हजार ३ सय ४८ मत पाइन् ।

खत्रिनीले जनयुद्धमा पतिसँगै दाइ र भान्जा गुमाएकी शहिद परिवारकी हुन्। अघिल्लो पटक जितेका जनप्रतिनिधिले गाउँपालिकाको नाम उनकै पतिको नामबाट “परिर्बतन गाउँपालिका” नामाकरण गरेको थियो ।
अघिल्लो स्थानिय चुनावमा सो पालिकासहित सबै वडामा फराकिलो अन्तरले माओवादीले जितेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार