काभ्रेको भुम्लु गाउँपालिका अध्यक्षमा माओवादी र उपाध्यक्षमा काँग्रेस विजयी

काभ्रे । काभ्रेको भुम्लु गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ। मत परिणाम अनुसार माओवादी केन्द्रका प्रेम भुजेल ५ हजार ७९२ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका प्रेम लामाले ४ हजार ५६८ मत पाए ।

त्यस्तै उपाध्यक्ष पदमा नेपाली कांग्रेसका जितेन्द्रमान तामाङ (दावा लामा) ६ हजार ९८ मतसहित निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेकी कल्पना श्रेष्ठले ४ हजार २९ मत पाइन्।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार