काठमाडौं । नेपाल एयरलाइन्समा जागिरको अवसर खुलेको छ । एयरलाइन्सले विभिन्न पदमा १६५ जनोको लागि दरखास्त आव्हान गरेको छ । रिक्त पद पूर्तिका लागि खुल्ला देखि आरक्षणसम्मका कोटामा एयरलाइन्सले विज्ञापन गर्दै दरखास्त आव्हान गरेको हो ।
एयरलाइन्सले जारि गरेको विज्ञापन सूचनाअनुसार प्रशासनमा ५२, पाइलटतर्फ सिनियर क्याप्टेन १३, जुनियर क्याप्टेन १५ जना माग गरेको छ। त्यस्तै इन्जिनियर, सिनियर को पाइलट, जुनियर कोपाइलटको माग गरेको छ।
एयरलाइन्सले ट्वीनटर, वाइ १२ र एमए ६० का लागि सिनियर क्याप्टेन माग गरेको छ भने जुनियर क्याप्टेन पनि सोही सिरिजका जहाजका लागि माग गरेको छ।