एनसेल विष्फोट घटनामा देशभरबाट १६ जना पक्राउ, प्रहरीको अनुसन्धान सुरु

काठमाडौं । ललितपुरको नख्खुमा शुक्रबार बेलुका भएको बम विष्फोट पछि देशका अन्य ठाँउमा भएका घटना बारे सरकारले कडाई गरेको छ । नख्खुको एनसेल टावरमा भएको विष्फोटमा एक जनाको मृत्यु र दुई जना घाईत भएपछि सरकारले घटना बारे कडाई गरेको हो ।

घटना भएको दुई दिनपछि शनिबार घटनामा संलग्न रहेको आशंकमा प्रहरीले विभिन्न ठाँउबाट १६ जनालाई पक्राउ गरेको छ । जसमध्ये ६ जना काठमाडौं उपत्यकाका रहेका छन् भने अन्य १० जना बाहिरी जिल्लाका रहेका छन् ।

प्रहरीले विभिन्न क्षेत्रमा रहेको टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलको टावरमा भएको बम विष्फोट र आगजनीको घटनामा संलग्न रहेको आशङ्कामा उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ परेका १६ जनामाथि अनसन्धान चलाई रहेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिएका छन् । विष्फोट र आगजनी बारे अनुसन्धान भइरहेकाले कस्ले किन गरेको हो भन्ने विषयमा अहिले नै भन्न नमिल्ने प्रवक्ता सुवेदीले बताए ।

नख्खुमा रहेको एनसेलको केन्द्रिय कार्यालयमा शुक्रबार बम विष्फोट भए लगत्तै काठमाडौँको कमलपोखरीमा फेला परेको बमलाई भने डिस्पोज गरिएको थियो । उपत्यका बाहिर कञ्चनपुर, जाजरकोट, अछाम, पूर्वी रुकुम, कपिलवस्तु, रुपन्देही, काभ्रेलगायतका जिल्लाको एनसेल टावरमा पनि आगजनी गरिएको छ ।

त्यसैगरी शुनिबार नख्खुका घाइतेलाई भेटेर गृहमन्त्री रामबहादुर थापाले उपचारको सम्पूर्ण जिम्मेवारी सरकारले लिने जानकारी गराएका छन् ।
घटनापछि सुरक्षा व्यवस्थामा समेत थप कडाइ गरिएको प्रहरीले जनाएको छ । देश भरका प्रहरी कार्यालयमा पनि सुरक्षा बारे जानकारी गराइएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार