हुँदाखाँदाको अधिकृतको जागिर छाडेर मेयरमा उठेका गिरिको जमानत नै जफत, सपना चकनाचुर

काभ्रे । काभ्रेको बनेपाको मेयर पदका लागि उम्मेदवारी दिएका कञ्चन राज गिरि जमानत नै जफत हुनेगरी पराजित भएका छन् । मेयर बन्नका लागि उनले हुँदाखाँदाको विद्युत प्राधिकरणको अधिकृतको जागिर नै छाडर निर्वाचनमा होमिएका थिए । स्वतन्त्र उम्मेदवार गिरिले पुतली चुनाव चिन्ह पाएका थिए ।

आज बिहान सार्वजनिक भएको मतपरिणाम अनुसार गिरिले जम्मा १४८ मत प्राप्त गरेका छन्। मेयर पदका लागि अर्का उम्मेदवार काँग्रेसका शान्तिरत्न शाक्यले १३ हजार ७९३ मत पाउँदै निर्वाचित भएका छन् । त्यस्तै दोस्रो भएका एमालेका रत्नकुश रंजितकारले ११ हजार ८३५ मत प्राप्त गरेका छन्।

यस्तै तेस्रो स्थानमा राप्रपाका रेमण्ड कर्माचार्यले ८७६ मत पाएका छन् । सो पालिकामा राप्रपासहित साना पार्टी र अन्य स्वतन्त्र उम्मेदवारको पनि जमानत जफत भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार