काठमाडौंको गोकर्णेश्वरको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा एमाले विजयी भएको छ।

मेयरमा एमालेका दीपक कुमार रिसालले ९ हजार ६९२ मतसहित विजयी भएका हुन भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उद्धव विष्टले ८ हजार ५०४ मत पाए । नेकपा माओवादी केन्द्रका गोपाल प्रसाद बरालले १ हजार ८४१ मत पाए । उपमेयरमा भने एमालेकी उम्मेदवार सान्नानी लामा निर्वाचित भइन् । उनले ८ हजार ८०४ मत प्राप्त गरेकी छन् ।

उनकी प्रतिस्पर्धी काँग्रेसकी निवर्तमान उपमेयर शान्ति नेपालले ८ हजार ६०९ मत पाइन। माओवादी केन्द्रकी पेमा छिरी शेर्पालाई २ हजार ७०१ मत प्राप्त भयो। २०७४ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले गोकर्णेश्वरको मेयर र उपमेयर दुवै पद जितेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार