
काठमाडौं । दुर्घटनाग्रस्त तारा एयरमा सवार २२ जनामध्ये १४ जनाको शव भेटिएको छ । तीन चालक दलका सदस्यसहित सवार २२ मध्ये १४ जना यात्रुको शव संकलन गरी काठमाडौं ल्याउने तयारी भइरहेको त्रिभुवन विमानस्थल नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता टेकनाथ सिटौलाले बताए ।
उनकाअनुसार दुर्घटनास्थल आसपास उद्धार टोलीले अन्य शवहरुको खोजीकार्य जारी राखेको छ । भेटिएका शवहरु पहिचान हुने अवस्था नरहेको बताइएको छ ।
हिजो विहान पोखराबाट जोमसोमका लागि उडेको जहाज सम्पर्कविहीन भएको थियो । हराइरहेको जहाज दुर्घटना अवस्थामा स्थानियहरुले आज बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ सानसुरे भन्ने भीरमा भेटाएका थिए ।









