
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशले विकासमा ठूलो फड्को मारेको बताएका छन् । आज काठमाडौंमा आयोजित सुदूरपश्चिमाञ्चल सरोकार समाजको सधारणसभामा बोल्दै प्रधानमन्त्री देउवाले धेरै समस्याहरू यथावत् भएपनि सुदूरपश्चिमले विकासमा ठुलो फड्को मारेको बताएका हुन्।
पहिला काठमाडौं आउन पनि भारतको लखनउको बाटो भएर आउनुपर्ने बाध्यता भएपनि अहिले सुदूरपश्चिम सिधैं काठमाडौंसंग जोडिएको बताए । पहिला आफु काठमाडौं आउँदा डडेल्धुरादेखि धनगढी र धनगढीबाट भारतको लखनउ हुँदै काठमाडौं आएको प्रधानमन्त्री देउवाले स्मरण पनि गरे ।
कार्यक्रममा बोल्दै उनले सुदूरपश्चिममा विकासका थुप्रै सम्भावनाहरुसँगै चरम गरिबी र विभेदका अथावत रहेको स्विकार गरेका छन्।
सुदूरपश्चिमको विकासका लागि त्यसक्षेत्रको प्रयर्टन, जडिबुटी, जलस्रोत लगायत थुर्पै आधारहरु रहेको देउवाको भनाई छ । सुदूरपश्चिमको विकासका लागि सरकारले ध्यान दिइरहको समेत उनले बताए ।












