सुदूरपश्चिम प्रदेश सरकारले ३६ अर्बको बजेट ल्यायो


कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि अनुमानित आय व्ययसहितको कुल ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजार रुपैयाँ बजेट ल्याएको छ । प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाश रावलले बुधबार संसदमा ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजार रुपैयाँ बजेट प्रस्तुत गरेका छन् ।

जसमध्ये चालुतर्फ १२ अर्ब २९ करोड ५९ लाख ६४ हजार रुपैया अर्थात् विनियोजन बजेटको ३३।४६ प्रतिशत छुट्याएको छ भने, पुँजीगत तर्फ २४ अर्ब १४ करोड ४७ लाख ६१ हजार रुपैयाँ अर्थात् ६५।७४ प्रतिशत छुट्याएको छ ।

यस्तै अन्तर सरकारी वित्त हस्तान्तरण तर्फ १ अर्ब ३६ करोड ४० लाख अर्थात् ३।७१ प्रतिशत र वित्तीय व्यवस्थापन तर्फ ३० करोड अर्थात् ०।८ प्रतिशत छुट्याएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार