काठमाडाैं । नेपाली समाजमा पछिल्लो समय अपराधका घटनाहरु बढ्दै गइरहेका छन् । ति अपराधका घटनाहरु निकै कुर्रुर र अमानविय देखिन्छन् । यसै क्रममा सप्तरीमा एक बृद्ध दम्पतिलाई घरभित्रै आगो लगाई हत्या गरिएको छ ।
मंगलबार विहानै ति दम्पतिको घरबाट धुवा निस्किएपछि घटना थाहा भएको छ । सप्तरीको खड्ग नगरपालिका ५ खरचुहियाका ७० बर्षीया सबुरी साह र उनकी ६५ वर्षिया पत्नी बेचनी देवीलाई जलाएर हत्या गरिएको अवस्थामा प्रहरीले फेला पारेको थियो ।
स्थानीयले बृद्ध दम्पतिको घरबाट धुवाको मुस्लो निस्किएपछि आफुहरुलाई खबर गरेको सप्तरीका प्रहरी प्रमुख एसपी राजेन्द्र विष्टले जानकारी दिए । उनका अनुसार शाह दम्पतिको हत्या कस्ले र किन गर्यो भन्ने बारे जिल्ला प्रहरी कार्यालय सप्तरीले अनुसन्धान गरिरहेको छ ।
घटना स्थलमा रगतका छिटाहरु भेटिएको र घटना बारे तालिम प्राप्त कुकुर सहितको प्रहरीको टोलीले अनुसन्धान गरिरहेको छ ।