प्रधानमन्त्री रोजगार कार्यक्रमले विपन्न वर्गमा आर्थिक अवस्था सुधार- मन्त्री कुँवर


कैलाली । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले प्रधानमन्त्री रोजगार कार्यक्रमले विपन्न वर्गको आर्थिक अवस्था सुधारमा टेवा पुगेको बताएका छन्।

कैलालीको धनगढीमा प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन प्रक्रियामा सुधार सम्बन्धि अन्तरकृया कार्यक्रमको आज समापन कार्यक्रममा बोल्दै मन्त्री कुँवरले प्रधानमन्त्री रोजगार कार्यक्रमले विशेषगरी विपन्न वर्गका नागरिकहरुको आर्थिक अवस्था सुधारमा टेवा पुगेको बताएका हुन् ।

स्थानीय स्तरमा आवश्यकताको पहिचान गरि सोहि अनुसार कार्यक्रम कार्यान्वयन गर्दा लक्षित वर्ग त्यसबाट प्रत्यक्ष लाभावन्वित हुने मन्त्री कुँवरको भनाई छ ।

देश विकासमा युवा जनशक्तीको अनिर्वाय सहभागितामा जोड दिदैं उनले दक्ष युवा जनशक्ती उत्पादन र तिनीहरुलाई स्वदेशमै रोजगारी सिर्जना गर्नेतर्फ सबै तहका सरकारहरुको गम्भिर ध्यान जानुपर्ने बताए ।

कार्यक्रममा प्रधानमन्त्री रोजगार कार्यक्रमका निर्देशक डण्डराज घिमिरे लगायत कैलाली र कंचनपुरका सरोकारवालाहरुको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार