बैतडीको पुर्चौंडी क्याम्पस प्रमुख नेगीविरुद्ध बलात्कारको मुद्दा दर्ता

बैतडी । बैतडीको पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगीमाथि बलात्कारको मुद्दा दर्ता भएको छ। बलात्कारको आरोप लागेका नेगीविरुद्ध बलात्कारको मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले बताए।

प्रहरीकाअनुसार कैलाली घर भई पुर्चौंडीमा ज्याला मजदुरी गर्दै आएकी एक महिलामाथि क्याम्पस प्रमुख नेगीले यही असार २० गते पानी माग्ने निहुँमा बलात्कार गरेको आरोप छ। ति महिलाले दिएको जाहेरीका आधारमा नेगीविरुद्ध इलाका प्रहरी कार्यालय पाटनमा जबर्जस्ती करणी मुद्दा दर्ता भई उनलाई पक्राउ गरेर अनुसन्धान गर्ने तयारी भइरहेको प्रहरी निरीक्षक जोशीले बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार