श्रीलंकाको नयां राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित

काठमाडौँ । श्रीलंकाको नयां राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित भएका छन् । संसदमा आज भएको मतदानमा विक्रमासिंघले आफ्नै दलका दलस अलापेरुमालाई पराजित गर्दै निर्वाचित भएका हुन्। कुल खसेको २ सय ३ मध्ये विक्रमासिंघे १ सय ३४ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी दलसले ८२, अनुरा कुमाराले ३ मत प्राप्त गरेका छन् ।

यसअघि तत्कालीन राष्ट्रपति राजापाक्षले राजीनामा दिएपछि विक्रमासिंघेलाई कार्यवहाक राष्ट्रपति बनाइएको थियो । श्रीलंकामा आर्थिक संकट चुलिएपछि उत्पन्न चर्को विरोध प्रदर्शनका कारण तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्ष देश छाडेर भागेपछि कार्यवाहकमा विक्रमासिंघे थिए । आज भएको निर्वाचनमा उनि नयाँ राष्ट्रपतिमा चयन भएका छन् । नयाँ राष्ट्रपतिका रूपमा विक्रमासिंघेको कार्यकाल सन् २०२४ को नोभेम्बर महिनासम्म रहनेछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार